Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

असल छिमेकीले दियो करिब साँढे तीन लाख बराबरको बिपद् ब्यवस्थापन सामग्री सहयोग


1.4K
Shares

असल छिमेकीले दियो करिब साँढे तीन लाख बराबरको बिपद् ब्यवस्थापन सामग्री सहयोग

गोरखा, १३ मंसिर । सशस्त्र प्रहरी बल गुल्म गोरखालाई असल छिमेकी नेपाल पोखराले तीन लाख ४६ हजार चार सय ३० रुपैयाँ बराबरको बिपद् ब्यवस्थापन सामग्री सहयोग गरेको छ । सोमवार एक कार्यक्रका बीच जिल्ला बिपद् ब्यवस्थापन समितिमार्फत संस्थाका सचिव प्रकाश खत्रीले सशस्त्र प्रहरी बल गुल्म गोरखाका गणपति सुजित बिष्टलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।

सहयोग स्वरुप खोज तथा उद्धारमा प्रयोग हुने डोरी, हेल्मेट, चेन, फायर फाईटिङ ग्लोब्स, लाईफ ज्याकेट लगायतका सामग्री प्रदान गरिएको संस्थाका निर्देशक राजेन्द्रकुमार अधिकारीले जानकारी दिनुभयो । उक्त सामग्री ग्रहण गर्दै गुल्मपति बिष्टले भन्नुभयो ‘सुरक्षा टिमको एकल प्रयासले मात्र बिपद् ब्यवस्थापन, खोज उद्धार सम्भव हुँदैन सबैको सहकार्य हुन जरुरी छ ।’ साथै यस्ता सामग्रीले छिटो उद्धार गर्न सहज हुने हुँदा थप गर्दै जानुपर्ने आवश्यक रहेको बताउनुभयो ।

बिपद् ब्यवस्थापन न्यूनिकरणका लागि सबै निकायसँग सहकार्य गर्दै आएको संघ संस्थाले दिएका, सरकारले खरिद गरेका सामग्री समय समयमा प्रयोग गरेर दुरुस्त राख्नुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आवस्यक परेका बेला खिया लागेर थन्किएको हुन नहुने बताउनुभयो ।

संस्थाद्धारा प्राप्त सामग्रीले गोरखामा बिपद् आईपरेका बेला सहयोग पुग्ने नगरप्रमुख कृष्णबहादुर राना मगरको भनाई छ। जिल्ला समन्वय समिति उपप्रमुख लीला परियारले बिपद्को पूर्व तयारी सँधै गर्नुपर्ने बताउँदै कहिले कतिखेर बिपद् आइपर्छ भन्ने कुनै ठेगान नभएको बताउनुभयो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology