गोरखा, १३ मंसिर । गोरखाको भिमसेनथापा गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान अन्तर्गतको अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । गाँउपालिकाको आयोजना तथा सामाजिक विकास कार्यालय गोरखाको सहयोगमा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सामाजिक बिकास शाखाका प्रमुख दिपेन्द्र परियार र जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर हिमनाथ घिमिरेले लैङ्गिक हिंसा बिरुद्द प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको थियो ।

महिला हिंसा, घरेलु हिंसालगायतका विषयमा छलफल गरी यसको रोकथाम तथा नियन्त्रणकाबारे अन्तरक्रिया गरिएको गाँउपालिका अध्यक्ष लोक प्रसाद बञ्जाराले जानकारी दिनुभयो । साथै महिला सशक्तिकरण विषयका पनि छलफल गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा उपस्थितीहरुले राखेका विषय र समस्यमाथी पनि छलफल गरिएको अध्यक्ष बञ्जाराको भनाई छ । अन्तरक्रिया कार्यक्रम प्रजिअ आचार्य, जिल्ला समन्वय अधिकारी नानी बाबु पोखरेल, गाँउपालिका अध्यक्ष बञ्जारा, उपाध्यक्ष अमृता वस्ती (भट्ट)लगायतले मन्तव्य राखेका थिए ।

गाँउपालिका अध्यक्ष बञ्जाराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारी, सशस्त्र प्रहरी बल गुल्म गोरखाका डिएसपी, विशेष प्रहरी अनुशन्धानका एसपी, वडा नंं. ७ का वठा अध्यक्ष नारायण श्रेष्ठ, जनप्रतिनिधी तथा स्थानीयको उपस्थिती रहेको थियो ।
