Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा लागुऔषध सहित २ जना पक्राउ


1.4K
Shares

गोरखामा लागुऔषध सहित २ जना पक्राउ

गोरखा, ११ मंसिर । गोरखा नगरपालिका वडा नं. १० छेवेटार बजारबाट लागुऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरील छेवेटारबजारका ३० बर्षिय अजय गुरुङ सहित २ जनालाई शनिबार पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाईल ४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखा र प्रहरी चौकी बाह्रकिलोबाट खटिएको प्रहरीले गुरुङको घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई आइतबार गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology