Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आजदेखि लैङगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु


3.1K
Shares

गोरखामा आजदेखि लैङगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु

गोरखा, ९ मंसिर । गोरखामा लैङगिक हिंसा विरुद्ध १६ दिने अभियान आजदेखि सुरु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाको प्रमुख आतिथ्यमा ‘शभ्य समाजको पहिचानः लैङगिक हिंसा बिरुद्धको अभियान’ भन्ने अन्तराष्ट्रिय नारासहित अभियान सुरु गरिएको हो ।

बिहान घरैबाट शुरु गरौ महिला हिंसा अन्त्य गरौ, हिंसा सहेर नबसौ बेलामै उजुरी गरौं जस्ता लेखिएका प्ले कार्ड र ब्यानर सहित जिल्ला प्रशासन कार्यालय गोरखाको प्राङ्गणबाट शुरु भएको प्रभातफेरी कार्यक्रम जि.वि.स. चोक, शक्ति चोक, बसपार्क हुँदै गोरखा नगरपालिका ६ ठुलो आगनमा पुगी कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, साहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, प्रमुख प्रहरी उपरीक्षक केदार खनाल, सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष सुशिलबाबु श्रेष्ठ,सशस्त्र प्रहरी नायव उपरीक्षक, शिक्षा,ससंस्कृती,बिज्ञान,प्रबिधि तथा सामाजीक बिकास मन्त्रालय गोरखाका प्रमुख,सामाजीक संघ संस्थाहरुको प्रतिनिधि तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तारिख २०२२ तदानुसार मंसिर ९ गते देखि २४ गते सम्म अभियान चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology