Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा क्याम्पसलाई क्युएए प्राप्त


2.2K
Shares

गोरखा क्याम्पसलाई क्युएए प्राप्त

गोरखा, ३० कात्तिक । गोरखाको एकमात्र सरकारी क्याम्पस गोरखा क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । त्रिभुवन बिश्वविद्यालयवाट मान्यता प्राप्त गोरखा क्याम्पसले विश्वबिद्यालय अनुदान आयोगबाट आज क्युएए प्राप्त गरेको क्याम्पसका उपप्रध्यापक नबराज पाण्डेले जानाकारी दिनुभयो ।

बिश्वबिद्यालय अनुदान आयोगको सभा कक्ष सानो ठिमि भक्तपुरमा बिहान आयोजित आज एक समारोहका बिच क्याम्पसलाई क्युएए प्रमाणपत्र प्रदान गरेको उहाँले बताउनुभयो । कार्यक्रममा क्याम्पसका तर्फबाट क्याम्पस संचालक समिति तथा क्याम्पस प्रमुख रामशरण बानियाँ तथा प्राध्यापक संघ,कर्मचारी संघका प्रतिनिधिहरुले लगाएतको सहभागीता रहेको थियो ।

क्यएए प्रमाणपत्र प्राप्त गरे संगै क्याम्पसले प्रदान गर्ने बिभिन्न तहका प्रमाणपत्रहरु बिश्वको जुनसुकै कलेज तथा बिश्वबिद्यालयमाहरुमा मान्यता पाउने छन् । यसअघि गोरखामा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसले पनि क्युएए प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology