नुवाकोट, २८ कात्तिक । धारिलो हतियार प्रहार गरी आमाछोरीको हत्या भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ बालकुमारीको भंगेरिमा करिव ३७ बर्षका पुरुषले आफ्नै छिमेकीको धारिलो हतियार प्रयोग हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ज्यान गुमाउनेमा २१ वर्षिया सम्झना खतिवडा र ४ बर्षिया छोरी कृष्टिना खतिवडा रहेको प्रहरीले जनाएको छ ।
दिमागी सन्तुलन गुमाएर सुधार केन्द्रमा उपचार गर्ने क्रममा भागेर घर आएका ति पुरुषले महिला र उनकी छोरीको हत्या गरेको हो । हत्या गरि फरार रहेका उनको अहिले व्यापक खोजीकार्य भैरहेको नुवाकोट प्रहरीले जनाएको छ । नुवाकोट जिल्ला प्रहरी प्रमुख हरि बहादुर वलीका अनुसार उनले आज दिउँसो पनि डोजर ड्राइभरको हत्या गर्न खोजेको जानकारी प्राप्त भएको बताएका छन् ।
घटना साँझ घटेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा २१ वर्षिया सम्झना खतिवडा र ४ बर्षिया छोरि कृष्टिना खतिवडा । श्रोत गाउँपालिका अध्यक्ष शङ्कर थापा । स्थानीयका अनुसार हत्या क्रूरतापुर्वक गरिएको छ । २२ बर्षीय सम्झना खतिवडा र उनको ३ बर्षिय छोरीको हत्या भएको हो । घटनास्थलमा अहिले प्रहरीको ठुलो टोलि खटिएको छ भने घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
छिमेकी २० वर्षीय पुष्कल तामाङले धारिलो हतियार प्रहार गरी हत्या गरेको वडाध्यक्ष मैते तामाङले जानकारी दिनुभयो । वडाध्यक्ष तामाङका अनुसार दिउँसोदेखि नै युवक पुष्कल तामाङले हातमा खुकुरी बोकेर मान्छे मार्छु भन्दै हिँडेको स्थानीयले देखेका थिए। घटनालगत्तै युवक पुष्कल गाउँबाट फरार रहेका कारण प्रहरी तथा गाउँलेले उनको खोजी भइरहेको छ । श्रीमान गाउँमा मेला गएका बेला महिलाको हत्या भएको स्थानीयवासीले बताएका छन्। घरमा कोही नभएको र श्रीमान् छिमेकीको धान भित्राउने मेलामा गएको मौका छोपी स्थानीय पुस्कल तामाङले आमाछोरीको वित्भस हत्या गरेको स्थानीयको भनाइ छ।
आमाछोरी दुवैको गर्धनमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ। मृतकमध्ये आमाको शव घरको आँगनमा र छोरीको शव घरको मूल ढोका अगाडि भेटिएको हो। छोरीको शव घुँडा मारेर बसेको र अगाडि किताव पढ्न बसेको अवस्थामा घटना घटेको पाइएको स्थानीयको भनाइ छ। हत्या भएको घर एकान्तमा रहेको छ। सो घर वरपर एक सय मिटरसम्म अरू घर नरहेको र एकान्ते अवस्थामा रहेको घरमा पुगेर तामाङले खुकुरी प्रहार गरी आमाछोरीको विभत्स हत्या गरेको प्रहरीले जनाएको छ। घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।