Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लायन्स क्लव अफ गोरखा दरौदीद्धारा आयोजित पिस पोष्टर कन्टेष्टमा प्रतिक्षा प्रथम


1.3K
Shares

लायन्स क्लव अफ गोरखा दरौदीद्धारा आयोजित पिस पोष्टर कन्टेष्टमा प्रतिक्षा प्रथम

गोरखा, २६ कात्तिक । लायन्स क्लव अफ गोरखा दरौदीले आज पिस पोष्टर कन्टेष्ट कार्यक्रम सम्पन्न गरेको छ । गोरखा नगरपालिकाको छेवेटारमा रहेको तारा माध्यमिक विद्यलयमा पिस पोष्टर अन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।

११ देखि १३ वर्ष उमेर समुहका वीच भएको प्रतियोगितामा ३५ जनाको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको क्लवका अध्यक्ष रमेश विष्टले जानकारी दिनुभयो । प्रतियोगितामा कक्षा ७ की प्रतिक्षा तामाङ विजयी हुनु भएको छ ।

विश्वभरी नोभेम्वर महिनामा संचालन हुने ग्लोवल प्रतियोगीताका उत्कृष्ट २३ ले ५०० डलर र उत्कृष्ट १ ले ५ हजार अमेरिकी डलर राशीको पुरस्कार पाउने छन् ।

आजको उत्कष्ट चित्रलाई नेपालभर प्रतिष्पर्धा गराइने र त्यहाँवाट उत्कृष्ट ठहरिए ग्लोवल प्रतिष्पर्धाको लागि पठाइने अध्यक्ष विष्टले बताउनुभयो। प्रतियोगिताको विजयीलाई विद्यालयमा एक कार्यक्रमका वीच प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो ।

‘लिड विथ कम्प्यासन’ थिममा प्रतियोगिता संचालन भएको क्लबले जनाएको छ ।

यसै बिच नोभेम्वर २ मा भएको क्लवको सातौं वर्षगाँठदेखि १० दिन लामो आँखा शिविर समेत सञ्चालनमा आएको थियो । शिविरमा ५ हजाार ४०० जनाको आँखा परीक्षण गरेको क्लवले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology