गोरखा, २४ कात्तिक । गोरखाका शहिदलखन गाँउपालिकाले कात्तिक २७ गते आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
शहिदलखन २ र ३ मा अबस्थित नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मनकामना माईको मन्दिरमा गुठी पञ्चमीको दिन बिशेष पुजा तथा मेला लाग्ने हुनाले बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।
बुधबार एक सूचना जारी गर्दै गाउँपालिका अन्तरगतका सम्पूण कार्यालय र विद्यालयमा समेत सार्वजनिक बिदा हुने पालिकाले जनाएको छ ।