गोरखा, २४ कात्तिक । गोरखाको धार्चे गाउँपालिका ३ कालिपहिरोमा सडक निर्माणको क्रममा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ ।
नेपाली सेनाले ट्रयाक खोल्दै गरेको हावाडाँडा– लार्के सडक खण्डको तातोपानी नजिकै काम गर्ने क्रममा लमजुङ घर भएका ४६ वर्षिय ओमबहादुर गुरुङको मृत्यु भएको हो ।
सडक निर्माण गर्दै गर्दा माथिबाट ढुङ्गा खसेर लाग्दाँ गुरुङको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिनुभयो । शव आरुघाटमा ल्याएर पोष्टमार्टम गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ