Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा अस्पतालमा नै पहिलो पटक पाइलोनाइडल साइनसको सफल शल्यक्रिया


2.2K
Shares

गोरखा अस्पतालमा नै पहिलो पटक पाइलोनाइडल साइनसको सफल शल्यक्रिया

गोरखा, २३ कात्तिक । गोरखा अस्पतालले बिरामीलाई दिने सेवामा बृद्वि गर्दै लैजाने क्रममा पहिलो पटक पाइलोनाइडल साइनसको सफल शल्यक्रिया सम्पन्न गरेको छ । सोमबार आरुघाट गाउँपालिका ४२ वर्षिय एक पुरुषको सफल शल्यक्रिया गरिएको हो ।

चिकित्सकीय भाषामा यसलाई पाइलोनाइडल साइनसको समस्या भन्ने गरिन्छ । यसको शल्यक्रिया प्रक्रियालाई भने मोडिफाइड लिम्बर्ग फ्याल्प भन्ने अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो पुठ्ठा को पुछार को हड्डी को तलपट्टी छालाको सतहमा देखिने प्वाल जुन नलि मार्फत भित्र खाली भाग बन्ने गर्दछ । यस्तो समस्या रौ भएका ब्यत्ति र लामो समय कुर्सी मा बसेर काम गर्नेहरु हुने गर्दछ । यस्तो समस्य भएका ब्याक्ती हरुलाइ त्यस्तो स्थानमा बारम्बार संक्रमण हुने गर्दछ ।

गोरखा अस्पतालका सर्जिकल टिम डा.माधव पौडेल, डा.साजन श्रेष्ठ र डा.अबिशेष श्रेष्ठ लगायत को चिकित्सकीय सटमले सोमबार सफल शल्यक्रिया गरेको थियो । बिरामी अहिले गोरखा अस्पतालमा नै स्वास्थ्यलाभ गर्दै उपचाररत रहेको पनि अस्पताल प्रशासनले जनाएको छ ।

जटिल प्रकृतिका यस्ता शल्यक्रिया गर्न गोरखा बासीहरुले राजधानी तथा चितवन पुगेर लाखौ रुपैयाँ खर्च गनुपर्ने बाध्यताबाट मुक्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology