Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु


2.2K
Shares

गोरखामा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु

गोरखा, २२ कात्तिक :  गोरखामा गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोरखा नगरपालिका–८ बराहमा ग १ त ४८७८ नम्बरको ट्याक्टर सडकबाट खसेर दुर्घटनामा हुँदा आरुघाट गाउँपालिका–१ मान्बु घर भई हाल गोरखा नगरपालिका–५ सतिपिपल बस्ने ३६ बर्षिय चालक राजु गुरुङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटना परी गम्भीर घाइते हुनुभएका गुरुङको तत्काल उद्धार गरी उपचारका लागि भरतपुर पु¥याएको भएपनि उपचारका क्रममा उहाँको मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टरका सहचालक गोरखा नगरपालिका–८ का ४३ बर्षिय खुमबहादुर थापा घाइते हुनुभएको छ ।

घाइते थापाको अबस्था भने सामान्य रहेको छ । गोरखाको आहालेबाट सदरमुकाम तर्फ आँउदै गरेको ट्याक्टर सडकबाट ३० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology