गोरखा, १९ कात्तिक । काठमाडौं विश्वबिद्यालय केयुका पाँच जना बिद्यार्थीले गोरखाको बालमन्दिर माध्यमिकका अनाथ बालबालिकालाई अत्याबश्यक सामाग्री सहयोग गरेका छन् ।
गोरखा घुम्न आउने क्रममा उहाँहरुले शुक्रबार सोही बिद्यालयमा बस्ने आर्थिक बिपन्न तथा अनाथ बालबालिकालाई ७० हजार रुपैया बराबरको सामान र १० हजार नगद सहयोग गर्नुभएको बिद्यालयका प्रधानाध्यापक शिब थापाले बताउनुभयो ।
बालबालिकाहरुलाई शैक्षिक, खेलकुद र खाद्यान्न लगायतका सामाग्री बितरण गरीएको उहाँले जनाकारीदिनुभयो । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धिरजबहादुर मास्केत र गोरखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रोजेन्द्र प्रसाद जोशीको प्रंमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।