Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बोर्लाङ्गस्थित सरस्वती मा.विमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाई सुरु


2.3K
Shares

बोर्लाङ्गस्थित सरस्वती मा.विमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाई सुरु

गोरखा, १७ कात्तिक । भिमसेनथापा गाउँपालिका ७– बोर्लाङ्गस्थित सरस्वती माध्यमिक विद्लयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाई सुरु भएको छ । गाउँपलिका अध्यक्ष लोकप्रसाद बञ्जराको प्रमुख आतिथ्ता तथा वडा नं. ७ का वडाध्यक्ष एवम विद्लय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा बुधबार एक कार्यक्रमका बिच कक्षाको उद्घाटन गरिएको हो ।

इन्जियिरिङ पढाईको कक्षा सञ्चालनमा आएको पालिकामा नै पहिलो पटक भएकाले वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ‘डिप्लोमा इन सिभिल इन्जियिरिङको पढाई पालिकामा सञ्चालनमा आएको यो पहिलोपटक हो,’ उहाँले भन्नुभयो  ‘त्यहीँ भएर यसलाई नमुना बनाउनु पर्दछ ।’ कक्षाको उद्घाटन भए सँगै पठनपाठन पनि हिजौबाट सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अहिले हाल विधालयमा २४ जना विद्यार्थी अध्यायनरत छन् ।

१२ जना पालिका भित्रका र बाँकी १२ जना पलिका बाहिरको रहेको उहाँको भनाई छ । यसको लागी आफुले गर्न सक्ने सबै सहयोग गर्ने वडाध्यक्ष श्रेष्ठले प्रतिबद्धता गर्नुभयो । विद्यालयले त्यहाँ अध्यायनरत सम्पूर्ण विद्यार्थीहरुलाई तिन बर्षको लागि निःशुल्क छात्राबास र पाठ्य पुस्तकको समेत ब्यबस्था गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology