गोरखा, १५ कात्तिक । उत्तरी गोरखाको उहियाका एक बिरामीको हेलिकोप्टरमार्फत उद्धार भएको छ ।
नाक र मुखबाट निरन्तर रगत बगेर बिमारी भएका धार्चे गाँउपालिका—३ उहियाका ६३ बर्षिय पूर्ण बहादुर घलेलाई अन्नपूर्ण हेलिकप्टर सर्भिसमार्फत उपचारका लागि काठमाण्डौको टिचिङ अस्पताल लगिएको हो ।
हिजो दिउँसोबाट बिरामी परेका उहाँलाई राती नै आफन्त र छिमेकीले पाँच घण्टा पैदल डोकोमा बोकेर खोर्लाबेशी ल्याई पुर्याएको थियो । उपचारका लागि गोरखा सदरमुकाम ल्याउने प्रयास गरेका थिए ।
तर त्यहाँ आइपुग्दा सम्ममा घलेको स्वास्थ्यमा जटिल समस्या देखिएपछि नेपाली काँग्रेसका नेता एवम गोरखा १ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका राजेन्द्र बजगाईको समन्वयमा हेलिकोप्टर मार्फत मंगलबार दिउँसो उहाँको उद्धार गरी काठमाण्डौ लगिएको बिरामीका आफन्त श्रीलाल गुरुङले जानकारी दिनुभयो ।
पर्यटन ब्यवसयी समेत रहनु भएका उहाँले यसअघि समेत उत्तरी गोरखामा विपत परेका बेला हेलिकप्टरमार्फत उद्धार र सहयोग गर्दै आउनु भएको थियो ।