Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको बिकासको सपना पुरा गर्न प्रचण्ड बाहेक अर्को बिकल्प नै छैन ः डा.भट्टराई


1.7K
Shares

गोरखाको बिकासको सपना पुरा गर्न प्रचण्ड बाहेक अर्को बिकल्प नै छैन ः डा.भट्टराई

गोरखा, १४ कात्तिक : पूर्वप्रधानप्रधामन्त्री डा. बाबुराम भटृराईले गोरखाको बाँकी बिकास र सम्बृद्धिको सपना पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बाहेक अर्को बिकल्प नभएको भएको छ । चुनावी अभियान अन्र्तगत मतदाता भेटघाटका लागि गोरखाको भच्चेक पुग्नु भएका डा. भट्टराईले आइतबार मतदाताहरु संगको भेटघाट कार्यक्रममा बोल्दै गोरखालाई बिकास र सम्बृद्धिको मोडल बनाउने सपना निर्वाचन जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने बताउनुभयो ।

‘प्रत्येक मान्छेले सपना देखेको हुन्छ मेरो पनि गोरखालाई बिकासमा नमुना बनाउने एउटा सपना थियो उहाँले भन्नुभयो, मैले अर्थमन्त्री र प्रधानमन्त्री बन्ने अबसर समेत पाए, गोरखामा बिकास निर्माणका पूर्वाधारहरु सामान्य तयार भएका छन्, केही अधुरा छन्, अब निर्वाचन जितेर गएपछि बाँकी काम प्रचण्डले पूरा गुर्नहुन्छ ।’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रचण्ड गोरखाबाट चुनाव लडाउने बिषय आफ्नो पहिलेदेखिको चाहाना भएका बेला अन्य दल र गोरखाका जनताले चाहेकाले अहिले राम्रो अवसर मिलेको बताउनुभयो ।

नेपाल समाजबादी पार्टीका अध्यक्ष समेत रहनु भएका डा.भट्टराईले गोरखामा अधुरा रहेका पूर्वाधार निर्माणको काम आफुले छोडिसकेपछि भताभुङ हुन्छकी भन्ने डर भइरहेका बेला सुखद संयोगका रुपमा प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ हस्तान्तरण गर्न पाउनु आफ्नो लागि ठूलो गर्वको बिषय भएको बताउनुभयो । उहाँले माओबादी अध्यक्ष प्रचण्ड भोलीको सम्भावित प्रधानमन्त्री भएको भन्दै गोरखाले फेरी अर्को एउटा प्रधानमन्त्री हुनसक्ने व्यक्तिलाई चुन्ने अवसर पाएको बताउनुभयो ।

उहाँले आफु सरकार बाहिर बसेर जनता र सरकार बिचको पुलको काम गर्न तयार रहेको समेत बताउनुभयो । डा. भट्टराईले गोरखाले प्रधानमन्त्री र मुख्यमन्त्री समेत पाउने बलियो सम्भावना रहेकाले गोरखालाई बिकास सम्बृद्धिको मोडल जिल्लाको रुपमा बिकास गर्न समस्या नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology