गोरखा, १४ कात्तिक ः गोरखा नगरपालिका गोरखाले सोमबार (आज) नगरपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर रानाको अल्पायुमा नै भएको असामहिक निधन प्रति शोक व्यक्त गर्दै नगरपालिकाले एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
नगर कार्यपालिकाको हिजो बसेको बैठकले स्वर्गिय रानाको शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष रानाको शोकमा एक दिन नगरपालिका मातहतको सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरुमा एक दिन बन्द रहने उहाँले बताउनुभयो ।
वडाध्यक्ष रानाको ३५ बर्षको उमेरमा यहीँ कात्तिक १० गते भाइटिकाको दिन घरमा लडेर बेहोस हुँदा मृत्यु भएको थियो ।