पर्सा ८ कात्तिक । एक लाख १८ हजार रुपैया नगद सहित प्रहरीले ४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सांले जुवाको खालबाट चार जनालाई नगदसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज–१७ बस्ने लक्ष्मी सहनी, अनिल प्रसाद साह, मुकेश गुप्ता र जाकिर मियाँ रहेका छन् । चारै जनालाई नगद १ लाख १८ हजार १९० रुपैयाँ र एक सेट कौडासहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो ।
पक्राउ परेका सवैलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।