Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा यात्रुसंग दोब्बर भाडा असुल्ने सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही


1.9K
Shares

गोरखामा यात्रुसंग दोब्बर भाडा असुल्ने सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही

गोरखा, ८ कात्तिक :  गोरखामा चाँडबाडको मौका छोपी चर्को भाडा यात्रुहरुसंग चर्को भाडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । तिहारका बेला यात्रुसंग तोकिएको भन्दा झण्डै दोब्बर भाडा असुल गर्ने माइक्रोबसलाई जिल्ला ट्राफिक प्रहरी कार्यलय मार्फत कारबाही गरी जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

गोरखा–काठमाण्डौ रुढमा चल्ने बा ५ ख १०७४ नम्बरको माईक्रोले एउटै यात्रुसंग तोकिएको भन्दा ४ सय २० रुपैया बढी भाडा लिएको यात्रुहरुको गुनासोपछि छानविन गर्दा चर्को भाडा लिएको पुष्टी भएकाले कारबाही गरिएको उहाँले बताउनुभयो । पृथ्वी यातायात प्रा.लि मार्फत सञ्चालित उक्त माईक्रोले बढी भाडा लिएको याुत्रहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

गोरखा–काठमाण्डौं रुटको लागि यातायात व्यवस्था बिभाग तोकेको ५ सय ८० रुपैयाँ लिनुपर्नेमा काठमाण्डौं यात्रु लिएर आउदा मंगलबार उक्त माइक्रोबसले सबै यात्रुसंग एक हजार रुपैयाका दरले भाडा असुल गरेको जानकारी आएपछि ट्राफिक प्रहरीले माईक्रोलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएर उक्त माईक्रोबासलाई सवै यात्रुसंग लिएको बढी भाडा फिर्ता गराएर ५ हजार रुपैया जरिवाना गरिएको डिएसपी लामिछानेले जानकारी दिनुभयो । माईक्रोलाई नियन्त्रणमा लिएर अनुसन्धानमा गल्ती स्विकार गरेकाले पहिलो पटक सचेत गराएर सामान्य जरिवानामा छाडिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology