Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा र मनाङ्गको अन्तरजिल्ला बैठक सम्पन्न, सीमामा हुने अवैध क्रियाकलाप रोक्ने निर्णय


1.2K
Shares

गोरखा र मनाङ्गको अन्तरजिल्ला बैठक सम्पन्न, सीमामा हुने अवैध क्रियाकलाप रोक्ने निर्णय

गोरखा, ६ कात्तिक । गोरखा र मनाङ्गको अन्तरजिल्ला बैठक सम्पन्न भएको छ । बैठकले सीमावर्ती क्षेत्रमा हुने अवैध क्रियाकलापको निगरानी बढाएर रोक्ने निर्णय गरेको छ ।

‘शनिबार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको संयुत्त बैठकले त्यस्ता गतिविधिका बारेमा एकले अर्को जिल्लालाई सुचना दिने र अवैध हातहतियार, बिष्फोटक पदार्थ, लागु औषध, जडिवुटी तस्करी, बन्यजन्तु तस्करी तथा कानूनले बर्जित गरेको बस्तुहरुको चोरी निकासी र ओसारपोसार रोक्ने निणर्य गरेको हो।

गोरखाको सामागाउँ १ र मनाङ्गको भिमथाङ नाका भएर हुने कुनै पनि अवैध गतिविधिका बारेमा शुष्म अध्ययन गर्ने, एउटा जिल्लामा घटना घटाएर अर्को जिल्लामा गएर बस्नेहरुका बारेमा जानकारी लिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल जानकारी दिनुभयो ।

गोरखामा पर्ने मनास्लु क्षेत्र र मनाङमा पर्ने अन्नपूर्ण पदमार्ग भित्र आउने पर्यटकको गतिविधिको समेत निग्रानी गर्ने र त्यस्तो सुचना आदनप्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो।

बैठकले दुबै जिल्लाका सुरक्षा निकाय बिच समन्वय बढाउने, खोज र उद्धारमा सहकार्य गर्ने तथा सीमाभित्र पर्ने अवरुद्ध पदमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय गरेको छ ।

साथै निर्वाचन बिरोधी गतिविधिको नियन्त्रण लगायत ११ वटा निर्णय गरेको अधिकारी बराल बताउनुभयो ।

बैठकमा गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य र मनाङ्गका प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्य सहित दुवै जिल्लाका सुरक्षा समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।

यस अघि असोज २८ गते गोरखाको पालुङटारमा गोरखा, लमजुङ र तनहुँका सुरक्षा समितिका पदाधिकारीबिच अन्तर जिल्ला बैठक सम्पन्न भएको थियो ।

दुवै बैठकमा आगामी मंसिर ४ गतेको निर्वाचनलाई कसरी शान्तिपूर्ण बनाउने र सिमाक्षेत्रबाट हुन अवैध गतिविधि नियन्त्रणको बिषयमा केन्द्रित रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology