गोरखा, ५ कात्तिक । गोरखामा तास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।
सदरमुकामको बिसौनीमोड स्थित लापु होटलबाट तास खेल्दै गरेका पाँच जनालाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार जुवाडेहरुबाट ५२ हजार नौ सय रुपैयाँ नगद बरामद गरिएको छ । उनीहरुलाई जुवातास खेल्न नहुने कसुर मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान भईरहेको डिएसपी लामिछानेले बताउनुभयो ।