स्याङ्जा, २४ असोज । गएराति सर्पले टोकेर एक एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिनुभयो ।
गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । सर्पले डसेपछि थप उपचारका लागि रिफर गरिएको भएपनि बिहान ४ बजेतिर यहीँ अस्पतालमै मृत्यु भएको हो।