Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लोक्पा पहिरोमा फसेका एक युवाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार


1.2K
Shares

लोक्पा पहिरोमा फसेका एक युवाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

गोरखा, २३ असोज । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोमा फसेका एक युवाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बिहिबारदेखि पहिरोमा फसेका सुर्खेतका ३४ बर्षका दिपक जिसीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनुभयो । पहिरोमा फसेका जिसी ओढारमा बस्नु भएको थियो । उहाँको खुट्टा भाँचिएको छ । गृहमन्त्रालयको बिपद् ब्यवस्थापन कोषमार्फत खर्च ब्यहोर्ने गरी उद्धार भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

हेलिकप्टरबाट डोरीको सहायताले जिसीको उद्धार गरिएको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सरोज लामाले बताउनुभयो । उहाँलाई सेनाको हेलिकोप्टरबाट नै उपचारका लागि काठमाण्डौंको शिक्षण अस्पताल लगिएको छ ।

स्थानीय स्तरमा पहिरोमा फसेका युवाको उद्धार सम्भव नभएपछि गाउँपालिकाले प्रशासनलाई आग्रह गरेको थियो । मजदुरीको सिलसिलामा छेकम्पार पुगेका जिसी घर फर्कने क्रममा पहिरोमा फसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology