Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

टीका लगाउन मामाघर जाँदै गरेकी युवतीको कारको ठक्करबाट मृत्युु


1.7K
Shares

टीका लगाउन मामाघर जाँदै गरेकी युवतीको कारको ठक्करबाट मृत्युु

बुटवल २० असोज । दसैको टीका लगाउन मामाको घर जादै गरेकी एक युवतीको कारको ठक्करबाट मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी २१ वर्षीया झरना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उहालाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते हुनु भएको थियो । कारको ठ्क्करबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि भीम अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले जानकारी दिनुभयो ।चौधरी अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन ।

तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी उहाँ लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ध्यनरत हुनुहुन्थ्यो । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा चौधरी दुर्घटनामा पर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology