Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

घाँटीमा हड्डी अड्किएर एक पुरुषको मृत्यु


2.6K
Shares

घाँटीमा हड्डी अड्किएर एक पुरुषको मृत्यु

चितवन, १८ असोज । मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । चितवन कालिका नगरपालिका–८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अष्टमीको साँझ मासु भात खाने क्रममा हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो ।

क्षेत्रीको त्यहाँ पनि उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी विजयराज पण्डितका अनुसार सोमबार साँझ मासुभात खाने क्रममा अचानक घाँटीमा हड्डी अड्कीए लगत्तै उपचारको लागि अस्पताल भर्ना गरिएको भएता पनि उपचारका क्रममा क्षेत्रीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology