गोरखा, १५ असोज । गोरखामा भुजेल बिधार्थी मन्च जिल्ला समिति गठन भएको छ । गोेरखा सदरमुकाममा भुजेल बिधार्थीहरुको आज सम्पन्न भएको पहिलो भेलाले करिस्मा घर्तीको अध्यक्षतामा १३ सदस्सिय जिल्ला कार्य समिति गठन भएको हो ।
भेलाले समितिको उपाध्यक्षमा अनुप भुजेल, सचिवमा अनुजा भुजेल र कोषाध्यक्षमा निरुता घर्ती सर्वसम्मत चयन हुनुभएको भुजेल सेवा समाजका केन्द्रीय समितिका तिर्सन भुजेलले जानकारी दिनुभयो ।

भेलाबाट समितिको सदस्यहरुमा समिता भुजेल, अरुण थापा भुजेल, आयुसा थापा भुजेल, अनिस घर्ती, सविना खवास, प्रकृति घर्ती, निकिता घर्ती, जेनिसा भुजेल र सुमिका भुजेल सर्वसम्मत चयन हुनुभएको छ ।
भुजेल समाजका केन्द्रीय सचिव तिर्सन भुजेलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा भुजेल चलचित्रकर्मी संघका केन्द्रीय अध्यक्ष कमल भुजेल, भुजेल बिधार्थी मञ्चका केन्द्रीय अध्यक्ष ज्ञानु भुजेल लगायतको सहभागिता रहेको थियो ।