गोरखा, १४ असोज । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति घोषणा भए संगै सर्व साधारण सँग रहेको हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको छ।
गृह मन्त्रालयले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशैभर इजाजतपत्र लिएर सर्व साधारणले लिएको हतियार आँउदो कार्तिक ५ गतेभित्र बुझाउन भनेको हो ।
प्रशासनले आज एक सूचना जारी गर्दै ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका इजाजतपत्र प्राप्त हातहतियाहरु यही मिति २०७९ कार्तिक ५ गतेभित्र’ बुझाउन भनेको हो ।
प्रशासनले ‘निर्वाचन पश्चात फिर्ता हुनेगरी नजिकको प्रहरी इकाईमा बुझाउन’ भन्दै ‘जिल्ला भित्रका सम्पुर्ण हातहतियार धनीहरुलाई हातहतियारहरु नजिकको प्रहरी इकाईमा लगत राखी निर्वाचन पश्चात फिर्ता हुनेगरि बुझाउन यहि सूचना मार्फत जानकारी गराइन्छ’ जारी गरेको सूचनामा भनिएको छ ।
जिल्ला भित्र ३१७ जनाले इजाजतप्राप्त गरेर हातहतियार राख्दै आएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिनुभयो ।
