Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा महिला उद्यमी संघको सचिवालय उद्घाटन


3.2K
Shares

गोरखामा महिला उद्यमी संघको सचिवालय उद्घाटन

गोरखा, १२ असोज । जिल्लामा महिला उद्यमी संघ नेपाल गोरखाको  सचिवालय  उद्घाटन भएको छ । महिलाहरुलाई सिप सिकाएर ब्यवशायीक बनाउँदै आएको उक्त संस्थाले बुधवार गोरखा नगरपालिका ६ स्थित हरमटारीमा सचिवालय सुरु गरेको हो ।

सचिवालय स्थापना सँगै बिजयादशमी तथा शुभ दिपावलीलगायतका चाडपर्वको शुभकामना अदान प्रदान कार्यक्रम गरिएको थियो । संघका अध्यक्ष रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले सचिवालयको उद्घाटन गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रानाले महिलाहरुलाई स्वरोजगार बनाउने गरी कार्यक्रम संचालन गर्न सुझाब दिनुभयो ।

कार्यक्रममा उपप्रमुख मसली माया थोकर (सपना पुन), नेकपा समाजवादी पार्टीका जिल्ला अध्यक्ष यादब बस्नेत, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, संघकी कोषाध्यक्ष सारदा खत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology