Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा कुमारी बैंकको एटिएम तोडफोड : सबै रकम सकुशल फेला


2.9K
Shares

गोरखामा कुमारी बैंकको एटिएम तोडफोड : सबै रकम सकुशल फेला

गोरखा, ११ असोज । गोरखा सदरमुकाममा रहेको कुमारी बैंकको शाखाको एटिएममा रहेको पैसा शकुसल फेला परेको छ । आज अज्ञात समूहले पैसा चोरी गर्ने उद्वेश्यका साथ मेशिन तोडफोड गरेका थिए ।

गोरखा नगरपालिका–६ को कालिमाटी बजारमा रहेको कुमारी बैंकको एटिएम मेशिन बिहान पख फोरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयो । ‘

बिहान पख हामीलाई बैंकबाट मेशिन फोडिएको भन्दै जानकारी आएको’ उहाँले भन्नुभयो ‘तर प्राविधिक झिकाएर मेशिन खोलेर हेर्दा रकम चोरी गर्न सकेको रहेनछ ।’ आइतबार साँझ मेशिनमा पैसा राखेको भएता पनि सोमबार मेशिनमा खराबीका कारण पैसा खर्च नभएको र पुरै रकम फेला परेको डिएसपी लामिछानेले बताउनुभयो ।

चोरी गर्ने समूहले मेशिन संगै रहेको सिसी क्यामेरामा चुइगम टाँसिएको अवस्थामा भेटिएको थियो । यता सिस्टम लग तोडेको भएता पनि भल्ड लक र कि लक तोडन नसके पछि चोरहरु त्यतीका भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

कुमारी बैंक गोरखा शाखाका प्रमुख संजिव कोइराला संग मेशिनका भल्डमा भएको रकमको बिषयमा जानकारी लिन खोज्दा जानकारी दिन मान्नु भएन। तर जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार भल्डबाट आइतबार साँझ राखेको १० लाख १३ हजार नै फेला परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology