गोरखा,९ असोज । गोरखा घर भएका एक युवकको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । काठमाडौंको बसुन्धरामा गएराती ट्याक्सी र स्कुटर एक आपसमा ठोकिदाँ गोरखा बारपाक सुलिकोट गाँउपालिका ३ चित्रे घर भएका ३१ वर्षका राजु गुरुङको मृत्यु भएको प्रहरी प्रभाग तिलिङ्गेटार जानकारी दिएको हो ।
डियटीमा रहनु भएका गुरुङलाई ठुली छोरी बिमारी भयो भनेर फोन आएपछि कोठा जाने क्रममा बा. २ ज ११९२ नम्बरको ट्याक्सीले बा. ९१ प ५४०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चलाक गुरुङ गंभिर घाईते भएका थिए । घाइते गुरुङको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग तिलिङ्गेटारमा कार्यरत गुरुङ प्रहरी कार्यालय सहयोगी थिए । ट्याक्सी चालकलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।