Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा महामारी तथा प्रकोपजन्य अबस्थामा बहुपक्षिय निकाय बिच समन्वयात्मक बैठक सम्पन्न


1.1K
Shares

गोरखामा महामारी तथा प्रकोपजन्य अबस्थामा बहुपक्षिय निकाय बिच समन्वयात्मक बैठक सम्पन्न

गोरखा, ८ असोज । जिल्ला प्रसासन कार्यालय गोरखाको आयोजनमा आज महामारी तथा प्रकोपजन्य अबस्थामा बहुपक्षिय निकायहरु बिच समन्वयात्मक बैठक सम्पन्न भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतमा बसेको बैठकले हाल गोरखा जिल्लामा फैलिरहेको कोरोना भाइरस कोभिड १९, मङ्की फस, डेंगु लगायतका रोगको रोकथामका नियन्त्रण र व्यवस्थापनका बिषयमा छलफल भएको हो ।

बैठकले गोरखा बजार क्षेत्रमा भोली डेंगी रोग सार्ने लामखुट्टेको लार्भा खोजी नष्ट गर्न दिउँसो ४ बजे घर भित्र र बाहिर लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरुको खोजौ र नष्ट गरौं अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानमा जिल्ला स्थित सवै निकायहरुलाई सहभागी गराउने निर्णय भएको हो ।

त्यस्तै सवै स्थानीय तह तथा वडाहरुमा डेंगुरोग सोनृ लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई सरकारी तथा गैह्रसरकारी कार्यालय, बिधालय, सहकारी, बैकिङ क्षेत्र, टोल सुधार समिति, आमा समुह, युवाक्लब लगायत सवै सरोकारवाला निकाय मार्फत घर भित्र र बाहिर खोजौ र नष्ट गरौं अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै चाडबाडका बेला महामारी हैजा, झाँडा पखाला लगायतका रोगहरु फैलन सक्ने भन्दै स्थानीय तहहरु मार्फत स्वास्थ्य संस्थाहरुलाई तयारी अबस्थामा राख्ने र सोका लागी सेचना मूलक सूचनाहरु जारी गर्ने निर्णय भएको निमित्ति प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनभुयो ।

महामारी जन्य जनधनको क्षती हुन जाने अबस्थालाई मध्यनजर गरी स्वास्थ्य कार्यालय गोरखाले पालिकाहरुसंग समन्वय गरी आरआरटी तथा सिआइटिसी तयारी अबस्थामा राख्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology