गोरखा, ८ असोज । बारपाक सुलिकोट गाँउपालिकास्थित ताकुमाझलाकुरीबोट स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री प्रदान भएको छ । वाईसीएल नेपालका केन्द्रीय सदस्य सह—प्रवक्ता युवा समाज सेवी धिरज उपरकोटीको पहलमा आज वडा नं. ५ मा रहेको स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
वितरण गरिएको सामग्रीमा डिजिटल बिपि २ सेट , ५० लिटरको अक्सिजन सिलिन्डर ४ थान, माक्स दुई सय थान, थर्ममिटर ४ थान, गलप्स एक सय थान, सेनिटाइजर २०० मिलि लिटर, सर्जिकल क्याप ५० थान, गाउन सेट २५ थान, गम बुट ३ थान, अक्सिजन रेगुलेटर ४ थान अक्सिजन सिलिन्डर कि १ थान गरी ११ थरीका स्वास्थ्य सामग्री रहेको सह—प्रवक्ता उपरकोटीले जानकारी दिनुभयो ।
अझै भोलिको दिनहरुमा पनि अन्य स्वास्थ्य सामग्रीसहित बिकास निर्माण योजना कार्यान्वयनमा सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । वडाध्यक्ष शिव खड्का, स्वास्थ्यचौकी प्रमुख केसाव गिरी, स्वाथ्यचौकी ब्याबस्थापन सदस्य महेन्द्र गुरुङ, अन्य स्वास्थ्यचौकी कर्मचारीहरूको उपस्थितमा उक्त स्वाथ्य सामग्रीहरू स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो ।