गोरखा, ७ असोज । मनकामना बहिरा आवासिय माध्यामिक विधालयको २४ औं बार्षिकउत्सव तथा अभिभावक समारोह आज सम्पन्न भएको छ । विधालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको हो ।

समन्वय प्रमुख थापाले एक कार्यक्रमका बिच पानसमा बत्ती बालेर समारोहको उद्घाटन गर्नु भएको हो । समारोहमा विधालयका प्रध्यनध्यापक अनिल अंगाईले विधालयको आयव्यय समेटिएको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसै अवसरमा विधालयका विभिन्न शैक्षिक एवम अतिरिक्त क्रियाकलापमा संलग्न भई विजेता भएकाहरुलाई पुरस्कार समेत वितरण गरिएको विधालयले जनाएको छ ।समारोहलाई थप आर्कषक बनाउनका लागी विभिन्न नृत्यसहित संस्कृतिक कार्यक्रमहरुको प्रस्तुती रहेको थियो ।

समारोहमा गोरखा नगरपालिकाका उपप्रमुख मसली माया थोकर, नेपाल शिक्षा महासंघ जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष गोपाल बहादुर मरहट्टा, नेपाल शिक्षा महासंघ नगर कार्यसमिति गोरखाका अध्यक्ष पुरुषोत्तम भट्टराई, शिक्षा समन्वय ईकाइ प्रमुख सुवास आचार्य, विधालयका संस्थापक शिक्षक रामकुशल पन्त, नगर कार्यसमितिका सदस्य सावित्रा पुलामी थापा मगर, विधालयका सल्लाकार रामबाबु श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।