गोरखा, ७ असोज । गोरखाको ४ पालिका क्षेत्रमा दुईदिन बिद्युत अबरुद्ध हुने भएको छ । पालुङटार डुम्रे ३३ के.भि तथा ११ के.भि हर्मि फिडरको लाईनको नजिक परेका रुख हांगा बिगाहरु कटान गर्नुपर्ने भएकाले शनिबार र आइतबार दुईदिन बिद्युत अबरुद्ध हुने नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रले जनाएको छ ।
केन्द्रले सार्वजनिक गरेको सूचनमा दुईदिन विहान ८ बजेदेखि सांझ ५ बजेसम्म गोरखाको बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिका क्षेत्र आसपासमा बिद्युत अबरुद्ध हुनेछ ।
त्यस बाहेक पालुङटार सबस्टेशनबाट बिद्युत सप्लाई हुने क्षेत्रमा बिद्युत सेवा अबरुद्ध हुने प्राधिकरण गोरखा बितरण केन्द्रले जनाएको छ । तोकिएको समयभन्दा अगाबै काम सम्पन्न भए निर्धारित समय अघि नै बिद्युत सेवा सूचारु हुने जनाएको छ ।
