Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

सडकमा राखिएका सामाग्री हटाउन भीमसेन थापा गाउँपालिकाको ७ दिने अल्टिमेटम


2.8K
Shares

सडकमा राखिएका सामाग्री हटाउन भीमसेन थापा गाउँपालिकाको ७ दिने अल्टिमेटम

गोरखा, ६ असोज। गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका सार्वजनिक सडक तथा स्थलहरुमा आवागमन नै अबरुद्ध हुने गरी राखिएका सामाग्री ७ दिनभित्र हटाउन सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिएको छ । गाउँपालिकाले विहिबार एक सूचना मार्फत सार्वजनिक सडक तथा स्थलहरुमा आवागमन नै अबरुद्ध हुने गरी सडक खन्ने माटो थुपार्ने र सडक बिर्गार्ने वा क्षति पुर्याउने जस्ता काम प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

गाउँपालिकाले त्यस्ता कार्यले सडक बिगार्ने वा क्षति पु¥याउने भएकाले अबदेखि कुनै पनि निर्माण सामाग्री सडक वा सार्वजनिक स्थलमा नराख्न र राखेको भए तत्काल हटाउन गाउँपालिकाले निर्देशन दिएको छ ।  गाउँपालिकाले जारी गरेको सूचनामा त्यस्ता कार्यले सडक बिग्रनु मात्र नभएर सवारी तथा सर्वसाधारणलाई आवतजावतमा समेत प्रतिकल असर परी सडक दुर्घटनाको समेत जोखिम बढेको कुरामा गाउँपालिकाबासी सवै जानकार रहेको सूचनामा उल्लेख छ।

त्यस्तै सार्वजनिक स्थलमा फोहोर नफाल्न समेत गाउँपालिकाले सूचना मार्फत सवैलाई अनुरोध गरेको छ । सूचनाको बेवास्ता गरी निषेधित कार्य गरेको पाइएमा कानुनु बमोजिम कारवाही हुने समेत गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।

सूचना सहित

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology