गोरखा, ५ असोज । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा डेंगी रोग लगायत किटजन्य रोगहरुको रोकथामका लागी सरोकारवालाहरुलाई अभिमुखीकरण प्रदान गरिएको छ । गाउँपालिकाको आयोजनामा पालिकाको सभाहलमा स्वास्थ्यकर्मी एवम सरोकारवालाहरुलाई अभिमुखीकरण प्रदान गरिएको हो ।
कार्यक्रममा सहभागीहरुलाई पछिल्लो समय देशभर संक्रमणको रुपमा फैलिएको डेंगी रोग, स्क्रब टाइफस लगायतका रोगहरुको रोकथाम, उपचार तथा न्युनिकरणका लागी अपनाउनु पर्ने सचेतना मूलक जानकारी प्रदान गरिने जनाइएको छ । गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष गुरुङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चाय लगायत मन्तव्य व्यक्त गरेको थिए ।