Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आजदेखि तेस्रो गोरखाकाली मेला सुरु


3.2K
Shares

आजदेखि तेस्रो गोरखाकाली मेला सुरु

गोरखा, ४ असोज । आजदेखि ‘तेस्रो गोरखाकाली मेला २०७९’ सुरु भएको छ । हरमटारी क्लबको आयोजनामा सदरमुकाम स्थित रङशालामा मेला सुरु भएको हो । मेलाको निवर्तमान संघिय सांसद एवंम नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) केन्द्रीय सदस्य हरिराज अधिकारले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

आजदेखि सुरु भएको मेला असोज १४ गतेसम्म सञ्चालन हुने क्लबका महासचिव किरण ढकालले जानकारी दिनुभयो । ‘गोरखाको संस्कार संस्कृतिको संरक्षण र प्रर्वद्धन आर्थिक, पर्यटन र ऐतिहासिक गोरखाको अभियान’ नाराका साथ सुरु भएको मेलामा बाल उद्यान, ब्यापारिक स्टल, कृषि सामाग्री लगायतका स्टलहरु राखिएको छ । मेलाको उद्घाटन सुरु हुनु अघि गोरखा बजार क्षेत्रमा बिभिन्न जातजाति, भाषाभाषीहरुको भेषभुषामा सजिएका झाँकी ¥यालीले नगर परिक्रमा गरेको थियो ।

गोरखाको मुख्य पहिचानको खोजी गरी जिल्लाको चिनारीको प्रचार प्रसार गर्नुका साथै जिल्लामा बसोबास गर्ने जातजाती, संस्कृति, भेषभुषा र भाषाको संरक्षण एवम जगेर्ना गर्ने तथा जिल्लालाई पर्यटकिय हबको रुपमा बिकास गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको महासचिव ढकालले बताउनुभयो । मेलामा औद्योगीक प्रदर्शनी, खाना महोत्सव, कन्सर्ट कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, जातीय भेषभुषा प्रदर्शन प्रतियोगिता लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

यस पटक मेलामा विशेष कार्यक्रम रुपमा दरबारदेखी दरबारसम्म ऐतिहासिक पदयात्रा गर्ने आयोजना गरिएको उहाँको भनाई छ । माथिल्लो दरबारबाट सुरु भएर सतिपिपल, बिसेनगर्ची सालिक, राम शाह चौतारा, पस्लाङ हुदै तल्लो दरबारसम्म सञ्चालन हुने पदयात्रामा सहभागी हुने पदयात्रीलाई साहयताका लागी गाइडको समेत व्यवस्था गरिने महासचिव ढकालले बताउनुभयो ।

मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने पनि आयोजकले जानकारी दिएको छ । १४५ वटा स्टल रहेको मेलाको करिब ३५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा करीब ५२ लाख ५० हजार आम्दानी र ४७ लाख ४५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology