Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा सदरमुकाममा आत्माहत्या रोकथामका लागी सचेतना कार्यक्रम


1K
Shares

गोरखा सदरमुकाममा आत्माहत्या रोकथामका लागी सचेतना कार्यक्रम

गोरखा, २ भदौ । गोरखा सदरमुकाममा आत्माहत्या रोकथाम र न्युनिकरणका लागी सचेतना कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखा र सामुदायिक सेवा केन्द्र गोरखाको सयुक्त आयोजनामा ‘आत्महत्या रोकथाम सम्वन्धी देशब्यापी सचेतना कार्यक्रमको अवधारणा २०७९’ कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम अन्तरर्गत बिहान ७ः५० बजे पुरानो बसपार्कबाट शक्तिचोक, कालिमाटी बजारहुदै जिल्ला समन्वय समितिका हलसम्म ¥याली समेत गरिएको थियो ।

¥यालीमा नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना, वडाध्यक्षहरु, आमा समूहहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्कुले बिद्यार्थी, स्काउट, विभिन्न विद्यालयका शिक्षक, संघ संस्थाका प्रतिनिधिका साथै सरोकारवाला निकायको सहभागीता रहेको थियो । ¥यालीमा आत्माहत्या रोकथामका बिरुद्धमा लेखिएका विभिन्न नारा लेखिएका प्ले कार्डको समेत प्रर्दशन गरिएको थियो । गत भाद्र २५ गते हुने उक्त विशेष कारणले स्थगित भएको कार्यक्रम आज गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनुभयो ।

¥याली पछि आयोजित कार्यक्रमको एक समारोह बिच जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरारले पानसमा बत्ती बालेर उदघाट्न गर्नुभयो । कार्यक्रम उहाँले आत्महत्या न्यूनिकरणका लागि समुदाय स्तरमा नै पुगेर कार्यक्रम गरेमा मात्र सफल भईने भन्दै आगामी दिनमा यस्ता कार्यक्रमको लागि प्रशासनको पनि सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा गोरखा नगरपालिका ६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशी, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ, एकिकरण नेपालका चन्द्र देवकोछा र रुम टु रिडका बालिका शिक्षा संयोजक ज्योति आचार्यले आ–आफ्नो धारणा राखेका थिए । सोही अबसरमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक हिमनिधी ढकालले आत्महत्या रोकथाम सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology