Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शहीद लखन गाउँपालिकाद्धारा सडकमा राखिएका सामाग्री हटाउन निर्देशन


2.9K
Shares

शहीद लखन गाउँपालिकाद्धारा सडकमा राखिएका सामाग्री हटाउन निर्देशन

गोरखा, ३०, भदौं । गोरखाको शहीद लखन गाउँपालिकाले पालिका भित्रका सार्वजनिक सडक तथा स्थलहरुमा आवागमन नै अबरुद्ध हुने गरी राखिएका सामाग्री हटाउन निर्देशन दिएको छ । गाउँपालिकाले आज एक सूचना निकाल सार्वजनिक सडक तथा स्थलहरुमा आवागमन नै अबरुद्ध हुनेगरी सडक खन्ने माटो थुपार्ने तथा निर्माण सामाग्री नराख्न र राखेको भए तत्काल हटाउन भनेको हो ।

गाउँपालिकाले त्यस्ता कार्यले सडक बिगार्ने वा क्षति पु¥याउने भएकाले गाउँ कार्यपालिकाको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । गाउँपालिकाले जारी गरेको सूचनामा त्यस्ता कार्यले सडक बिग्नु मात्र नभएर सवारी तथा सर्वसाधारणलाई आवतजावतमा समेत प्रतिकल असर परि सडक दुर्घटनाको समेत जोखिम बढेको उल्लेख गरिएको छ ।

गाउँ कार्यपालिकाले बैठकले सडक खन्न तथा निर्माण सामाग्री थुपार्न निधेष गर्ने निर्णय नै गरेकाले सार्वजनिक सडक अनाबश्यक नखन्न र सडकमा निर्माण सामाग्री राखिएका भए ७ दिनभित्र हटाउन गाउँपालिकाले निर्देशन दिएको हो । त्यस्तै सार्वजनिक स्थलमा फोहोर नफाल्न समेत गाउँपालिकाले सूचना मार्फत सवैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology