Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ५५ बर्षिया महिलालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ


3.8K
Shares

गोरखामा ५५ बर्षिया महिलालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

गोरखा २७, भदौं । गोरखामा ५५ बर्षकी महिलालाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर ५ घर भएका ५० बर्षिय एकबहादुर सुनार जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आइतबार महिलालाई सुनारले बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दर्ता भए लगत्तै हिजो जौबारीको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।आइतबार नै महिलाले जौबारी प्रहरी चौकीमा मौखिक उजुरी गरेको र सोमबार जिल्ला प्रहरी कार्यालय गोरखामा जोहेरी दर्ता गराएको पनि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

आरोपित सुनारलाई सोमबार नै जबरजस्ती करणी उद्योगमा मुद्वा दर्ता गरी गोरखा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको पनि गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology