गोरखा, २७ भदौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा निशुल्क आँखा शिविर आइतबार सम्पन्न भएको छ । आँखा उपचार केन्द्र गोरखा र लायन्स क्लब अफ गोरखाको प्राबिधिक सहयोग र गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन भएको हो ।
शिविरमा ११९ जनाले आँखाका बिरामीले निशुल्क उपचार सेवा लिएको गाउँपालिकाले जनाएको छ । उपचार सेवा लिएका मध्यये ६५ जना महिला र ५४ जना पुरुष रहेका छन् । उपचार गराएका ५ जनाको अप्रेसन गर्नुपर्ने भएकाले आँखा अस्पताल गोरखामा निशुल्क अप्रेसनका लागि सिफारिस गरिएको छ ।
गाउँपालिकाको सभाहलमा भएको शिविरमा बिरामीहरुलाई औषधी समेत निशुल्क बितरण गरिएको हो । शिविर सम्पन्न गर्न नेपाल नेत्र ज्वोतीसंघ र आइ केयर फाउण्डेसनको सहयो सहयोग रहेको गाउँपालिकाले जनाएको छ ।