गोरखा २४ भदौं । इच्छाकामना गाउँपालिकाका निवर्तमान स्रोत व्यक्ति भविश्वर गुरुङले पालिकामा कार्यरत रहदा लिएको ल्यापटप गायव पारेको पाइएको छ । गाउँपालिकाबाट काज फिर्ता भएर फिस्लिङ नि.मा.वि.मा पुर्नवहाली भएको ३ महिना वितिसक्दा उनले अझै ल्यापटप फिर्ता नगरी दुरुपयोग गरेको पाइएको हो । श्रोत व्यक्ति रहेका बेला उनले प्रयोग गरेको ल्यापटप फिर्ता नगरेपछि गाउँपालिकाले पटक-पटक फिर्ता गर्न लिखित मौखिक समेत अनुरोध गरेको गाउँपालिका स्रोतले जनाएको छ ।‘
ल्यापट फिर्ता गर्न आग्रह गरेपनि उनले सुने नसुने जस्तो गरेर हिड्ने गरेको बताइएको छ । गुरुङलाई गाउँपलिकाले २०७९ साउन ४ गते पालिकाले पत्र नै काटेर पालिकाको जिन्सी समान तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो । तर उनले फिर्ता गर्नुको साट्टो उल्टै पालिकाका कर्मचारी माथि सामाजिक सञ्जालमा अर्नगत प्रचार गरेर आफ्नो कमजोरीको ढाकछोप गरेर हिड्ने गरेको गाउँपालिका एक कर्मचारीले बताउछन् ।
गाउँपालिकाले ३ दिनभित्र जिम्मामा रहेको जिन्सि सामान फिर्ता गराउन भनेकोमा हालसम्म पनि फिर्ता नगरेको पाइएको छ । पहिलो पटक पत्राचार गरेपछि पनि गुरुङले पालिकाको सामाग्री फिर्ता नगरेपछि गाउँपालिकाले पुनः दोस्रो पटक साउन ३१ गते फेरी सामाग्री फिर्ता गर्न निर्देशन दिदै पत्र काटेको छ ।
तर आजको मिति सम्म पनि ल्यापटप फिर्ता नगरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्यालले बताउनुभयो ।असार २३ गते बसेको गाउँसभा बैठकले श्रोत व्यक्ति गुरुङ साविककै विद्यालयमा काज फिर्ता गर्ने निर्णय गरेका थिए । गुरुङलाई तत्कालिन नेपाली काग्रेसबाट निर्वाचित अध्यक्ष गीता गुरुङले गाउँपालिकाको श्रोत व्यक्तिको रुपमा पालिकामा ल्याएर जिम्मेवारी दिनुभएको थियो ।
गाउँपालिकाले दोस्रो पटक गुरुङलाई ल्यापटप फिर्ता गर्न काटेको पत्र
