Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बृक्षारोपण कार्यक्रम सहित मनाइयो १९ औं निजामती सेवा दिवस


2.4K
Shares

गोरखामा बृक्षारोपण कार्यक्रम सहित मनाइयो १९ औं निजामती सेवा दिवस

गोरखा, २२ भदौ । गोरखामा ‘व्यवसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ भन्ने नाराका आज बृक्षरोपण कार्यक्रम गरेर १९ औं निजामती सेवा दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना तथा कर्मचारी मिलन केन्द्र गोरखाको सहयोगमा सदरमुकाम स्थित गोरखा दरबार संग्राहलय परिषरमा बृक्षारोपण कार्यक्रम गरी दिवस मनाइएको साहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनुभयो ।

दिवसको अबसरमा संग्राहलय परिषरमा कपुर, श्रीखण्ड लगायतका बिभिन्न ६५ भन्दा बढी प्रजातीका बोट बिरुवा रोपिएको उहाँले बताउनुभयो । बृक्षारोपणपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायले कर्मचारीहरुले जहिले पनि कानुनको दायरा भित्र रहेको अनुशासित तथा मर्यादित ढंगले जनाको सेवा गर्नुपर्ने बताउनुभयो । उहाँले सेवा प्रवाह गर्दा पारदर्शी, इमान्दारिता पूर्वक जनताको सेवक भएर कर्मचारीले काम गर्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष शारदा प्रसाद भट्टराई, कर्मचारी मिलन केन्द्रका अध्यक्ष केशव देवकोटाले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रम कर्मचारी मिलन केन्द्र, नेपाल कर्मचारी संगठन, नेपाल निजमाती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, नेपाल एकीकृत सरकारी कर्मचारी संगठन लगायतका प्रतिनिधि, सुरक्षा निकाय लगायतका विभिन्न संघसंस्थाका प्रमुख एवंम प्रतिनिधीहरुको सहभागिता रहेको थियो । नेपालमा बि.स २०६१ सालबाट निजामती सेवा दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology