Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

करेन्ट लागेर एक मजदुरको ज्यान गयो


1.3K
Shares

करेन्ट लागेर एक मजदुरको ज्यान गयो

पाल्पा २१ भदौ । करेन्ट लागेर आज बिहान एक मजदुरको मृत्यु भएको छ । पाल्पाको तानसेन नगरपालिका( १ गैरागाउँमा बस्दै आएको खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका–३ का ३४ वर्षीय महेश राईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।

घर निर्माणको क्रममा अचानक करेन्ट लागी घाइते अवस्थामा रहेका राईको तानसेन मिशन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology