Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पेशागत महासंघ नेपाल गोरखा शाखाकोे पदाधिकारी तथा कार्यसमितिले पायो पूर्णता


1.1K
Shares

पेशागत महासंघ नेपाल गोरखा शाखाकोे पदाधिकारी तथा कार्यसमितिले पायो पूर्णता

गोरखा, १८ भदौं । पेशागत महासंघ नेपाल गोरखा शाखाको कार्यसमितिले पूर्णता पाएको छ । गत साउन १३ गते भएको जिल्ला अधिवेशनले मेघनाथ लामिछानेलाई अध्यक्षमा निर्वाचित गरेपनि अन्य पदाधिकारी र सदस्य चयन हुन बाँकी रहेको थियो ।

जिल्ला शाखाको शनिवार बसेको बैठकले गणेशप्रसाद घिमिरे र बिमला पुलामीलाई उपाध्यक्ष, रोशन बानियाँलाई सचिव र ईश्वरीप्रसाद लामिछानेलाई सहसचिव चयन गरेको हो ।

यस्तै सदस्यहरुमा महेन्द्र सुनार, कमलनारायण श्रेष्ठ, बसन्त शर्मा, सरस्वती पाण्डे र नवराज श्रेष्ठ रहनुभएको छ । कार्यक्रममा पेशागत महासंघ नेपाल गण्डकी प्रदेश कमिटिका सदस्य हरिहर तिवारीले प्रशिक्षणमूलक मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology