Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भीमसेन थापा गाउँपालिकामा कृषि बाली तथा पशुपन्छी बिमा कार्यक्रमका लागि अभिमुखीकरण


1.8K
Shares

भीमसेन थापा गाउँपालिकामा कृषि बाली तथा पशुपन्छी बिमा कार्यक्रमका लागि अभिमुखीकरण

गोरखा, १६ भदौं । गोरखाको भीमसेन थापा गाउँपालिकाकाले पालिका भित्र कृषि बाली तथा पशु बिमा कार्यक्रम लागू गर्ने उद्देस्य सहित अगुवा कृषक तथा जनप्रतिनिधीहरुलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । गाउँपालिका कृषि शाखाको आयोजनामा बिहिबार भएको अभिमुखीकरण तालिममा गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम बमोजिम कृषकहरुको पशुबस्तु र कृषि बालीको बिमा कार्यक्रमको बारेमा जानकारी गराइएको हो ।

अभिमुखीकरण कार्यक्रममा लाईफ इन्युरेन्स प्रा.लि गोरखाको शाखा प्रमुख नबिन पाण्डे र लुम्बिनी इन्स्युरेन्स कम्पनी गोरखका शाखा प्रमुख शंकर कुँवरले सहजीकरण गर्नुभएको गाउँपालिकाले जनाएको छ । ‘कृषि तथा पशुपन्छीमा हुने बिमाका बिषयमा इन्स्युरेन्स कम्पनीबाट अगुवा कृषक तथा सहभागीहरुलाई बिमा कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा जानकारी प्रदान गरिएको हो, गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले भन्नुभयो, ‘कृषकहरुमा बिमाको बारेमा चेतनाको बिकास गरी बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि सजिलो हुने अपेक्षा गरिएको छ ।’

अभिमुखीकरण कार्यक्रममा पालिका भित्रका सवै वडाका वडाध्यक्ष, कार्यापालिका सदस्यहरु तथा अगुवा किसानहरुको सहभागिता रहेको थियो । भीमसेन थापा गाउँपालिकाले पालिका भित्र बाली बिमा कार्यक्रमलाई प्राथामिकता दिई पालिकालाई पूर्ण बाली बिमा तर्फ उन्मुख गराउने तथा पशु बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वनका गर्ने घोषणा गरेको छ । । सोही घोषणा अनुरुप कार्यक्रम कार्यान्व्यन गर्नका लागि बिमा कम्पनीलाई बोलाएर अभिमुखीकरण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology