गोरखा १२ गोरखा । बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले पहिरोले क्षति पु¥याएको दलित बस्तीको जोखिम न्युनिकरणका लागि आबश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गाउँपालिकाको वडा नम्बर ७ स्थित बालुवाको दलित बस्तीमा गएको पहिरोको आज स्थलगत अबलोकन गर्दै उहाँले पालिकाको तर्फबाट समेत पिडितलाई राहात तथा क्षतिपूर्तीका लागि समेत आबश्यक पहल गर्ने बताउनु भएको हो ।
अध्यक्ष भट्टले थप पहिरोबाट क्षती हुन नदिन वाल निर्माण गर्नुपर्ने अबस्था रहेकाले पालिकाले बजेट बिनियोजन गरेर काम अघि बढाउने जानकारी दिनुभयो । त्यस्तै घर मर्मतका लागि समेत पालिकाको तर्फ आबश्यक सहयोग प्रदान गर्ने गाउँपालिका अध्यक्ष भट्टले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाका ७ बालुवाको दलित बस्तीमा गएको पहिरोले अबलोकन गर्दै गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट
पूर्ण क्षति भएका परिवारलाई कानुन वमोजिम क्षर्तीपूर्ती उपलब्ध गराउने उहाँको भनाई छ । ‘सडक मुनीको बस्ती भएकाले पहिरो खसेर घरको कर्सा पुरिएको छ, नेकपा माओबादी बारपाक सुलिकोट गाउँपालिका पार्टी समितिका अध्यक्ष नरबहादुर गुरुङले भन्नुभयो, ‘ पहिरो क्षती पुगेको घरको कर्साबाट पहिरो पन्छाउने र वाल निर्माण गरेर जोखिम न्यनिकरणका लागि पहल प्रतिबद्धता अबलोकनका क्रममा भएको छ ।’
उक्त दलितबस्तीमा गएको साउनको पहिलो सातामा आएको अबिरल बर्षापछि गएको उक्त दलित बस्तीमा एक घरमा पूर्ण रुपमा क्षती पुगेको थियो भने अन्य दुई घरमा आशिंक क्षती पुगेको थियो । पहिरोबाट पूर्ण रुपमा क्षती पुगेपछि बिस्थापित भएका एक परिवार अहिले पनि आफ्न्तको आश्रय लिएर बस्दै आएको छ ।