गोरखा, १० भदौं । गोरखाको भीमसेन थापा गाउँपालिकाको आयोजनामा वडा नम्बर १ स्थित बिन्द्रावती माध्यामिक बिधालयमा हेलो अध्यक्ष प्रत्यक्ष सम्बाद कार्यक्रम सम्पन्न भएको छ । बिधालयको समस्या र सिकाईलाई प्रभावकारी बनाउन र बिधार्थीहरुको गुनासो, जिज्ञासा तथा शैक्षिक सुधारका लागि सुझाव संकलनका लागि गाउँपालिका हेलो अध्यक्ष प्रत्यक्ष संवाद कार्यक्रम सुरु गरेको हो ।

बिधालयमा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका बिधार्थीहरुको सहभागिता रहेको उत्त कार्यक्रममा बिधालयको शैक्षिक अबस्था सुधार, बिधालयलाई अपांगमैत्री बनाउने बिषयमा जोड दिनुपर्नेमा सवालमा बिधार्थीहरुले सहभागी बिधार्थीहरुले प्रश्न उठाएका थिए । त्यस्तै बिधालयलाई हरियाली र बातावरणमैत्री बनाउनका लागि आबश्यक पहल गरिदिन पनि बिधार्थीहरुले गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरालाई अनुरोध गरेका थिए ।
त्यस्तै बिधालयमा तारबार गरेर सुरक्षित बनाउनका लागि पनि अध्यक्षले सहयोग गर्नुपर्ने बिधार्थीहरुको जोड थियो । प्रत्यक्ष संबाद कार्यक्रममा अध्यक्ष बन्जराले बिधार्थीहरुले उठाएका बिषयबस्तु अत्यन्तै समसामहिक र सान्र्दभिक रहेको भन्दै आबश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बिधालयलाई भौतिक संरचना निर्माणसंगै शैक्षिक गुणस्तरको बिकास पनि मुख्य पाटो भएकाले बिधार्थीहरुले बुझ्न र जान्न सक्ने बिधिको बिकास गरी त्यसको अबलम्बन गरेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउन लाग्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष नै बिधालयमा आएर आफुहरुको समस्या र शिक्षण सिकाइएको बारेमा जानकारी लिएपछि बिधार्थीहरु समेत खुशी भएका छन् । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती (भट्ट) गाउँपालिका सामाजिक बिकास शाखाका संयोजक नारायण श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्ष बिकास श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।