गोरखा,९ भदौं । गोरखा आँबुखैरेनी सडक खण्डमा बोलेरो र स्कुटी ठोक्किएर दुर्घटना भएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ पर्ने ३ किलोमा आज करिब ५:२० बजेको समयमा भएको दुर्घटनामा परी स्कुटरमा सवार व्यक्ति गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा सदरमुकामबाट आँबुखैरेनी तर्फ जाँदै गरेको बा ३ ८२८० नम्बरको बोलेरो जीप र बिपरित दिशाबाट आउदै गरेको बा ६३ प २८५६ नम्बरको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ ।
तस्विर : रेखा तामाङ लोप्चन
घाइते हुनेमा गोरखा नगरपालिका वडा नम्बर १४ घर भएका ३७ बर्षका स्कुटर चालक अमृत परियार रहेका छन् । घाइतेका आँबुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ । घटनाको बिषयम थप अनुसन्धान भइरहेको छ ।