गोरखा, ८ भदौ । जिल्ला प्रशासन कार्यालय गोरखाले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज भड्किलो र खर्चिलो गरेर नमनाउन आग्रह गरेको छ ।
प्रशासनले आज एक सूचना जारी गर्दै केही वर्ष यता हरितालिका तिज पर्व मनाउने नाममा तडक भडक सहित खर्चिला कार्यक्रम हुने गरेको पाइएकाले त्यस्तो नगर्न नगराउन अनुरोध गरेको हो । यस वर्षको हरितालिका तिज भदौ १४ गते परेको छ ।
परम्परा, रिति रिवाजलाई निरन्तरता दिने तथा सम्बर्दन गर्ने बाहेक अन्य कुनैपनि खालका खर्चिला, महँगा तिजसंग सम्बन्धित कार्यक्रम नगर्न सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्धारा हस्ताक्षेरित सुचनामा भनिएको छ ।
साथै उक्त काममा सघाउन राजनीतिक दल, सामाजिक संघसंस्था,नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण जिल्लाबासीलाई अनुरोध गरिएको छ ।
भड्किलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रम गरे वा गराएमा कानुन बामोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।