Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा तिजको दर खाएका एकै गाउँका सयभन्दा बढी बिरामी


6.9K
Shares

गोरखामा तिजको दर खाएका एकै गाउँका सयभन्दा बढी बिरामी

गोरखा, ८ भदौ : गोरखामा तिजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी मानिस बिरामी परेका छन् । गोरखा नगरपालिका वडा नम्बर ७ स्थित मान्द्रेढुङ्काका स्थानीय महिला तथा पुरुष तिजको पूर्वसन्ध्यामा भोज खाएपछि बिरामी परेका वडाध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिनुभयो ।
भोज खाएका अघिकासं बिरामी परेको उहाँले बताउनुभयो ।

‘कृष्ण जन्म अष्टमीका दिन स्थानीय महिला तथा पुरुषहरु मिलेर तिजको दर खाएको र सोही साँझदेखि नै भोज खाएकाहरु सवै बिरामी परेका हुन्, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हिजोमात्र भोज खाएकाहरु बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मीहरुले लगेर उपचार सुरु गरिएको छ ।’
उहाँले स्वास्थ्यकर्मीको टोलीले ४० जना भन्दा बढीको स्वास्थ्य जाँच गराएको बताउनुभयो ।

चेकजाँच गराएका मध्ये ३ जनालाई स्लाइन पानी नै चढाउनुपर्ने अबस्थामा रहेको पाइएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आबश्यक औषधी उपचार गरिएको उहाँले बताउनुभयो ।

बिरामी परेकाहरु अहिले बिस्तारै निको हुदै गएको स्वास्थ्यकर्मीको भनाई छ । केहीलाई अझै घरमा स्लाइन लगाएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिनुभयो । बिरामीहरुमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको अहेव श्रेष्ठको भनाई छ ।

बिरामी भएका मध्ये अधिकांसको गोरखा सदरमुकाममा रहेको नीजि क्लिनिक र केही आफै गोरखा अस्पताल पुगेर उपचार गराइरहेको उहाँले बताउनुभयो । तिरको दरखाने कार्यक्रममा महिलाहरुसंगै पुरुषहरु पनि सहभागी भएका थिए । भोजमा पुलाउ, अचार, तरकारी र मासुको परिकार खाएका थिए । तर मासुका कारण बिरामी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology